साजिर मन्सूर
कलैया,असार ९
प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कलैया बाराले आज निशुल्क आयुर्वेद तथा बैकल्पिक चिकित्सा स्वास्थ्य शिबिरको उदघाटन गरेको छ । जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर १२ फत्तेपुर बजार स्थित श्री नेरा माबी को प्राङ्गणमा सो शिबिर आयोजना गरिएको बरिस्ठ कबिराज निरीक्षक सहदेव पन्डितले जनाएका छन। आजै बिहान ८ बजे देखि चलिरहेको शिबिरमा अहिले सम्म ३०७ जनाले चेकजाँच गराएर औसधि समेत लिएर गएको पन्डितले जनाएका छन ।

स्वास्थ तथा जन संख्या मन्त्रालय मधेस प्रदेशका डाक्टर सुजित शर्माले उदघाटन गरेका थिए । सो अवसरमा वडा अध्यक्ष श्यामबाबु चौधरीको अध्यक्षतामा शिबिर भएको हो । सो अवसरमा डाक्टर उमेश प्रसाद साह,आयुर्वेदका प्राबिधिक कर्मचारीहरुको उपस्थिति रहेको छ ।

शिबिरमा ५ सय नागरिकलाई सेवा दिने योजना रहेको र
ल्याब सेवा,निशुल्क औषधि बितरण समेत भैरहेको
प्रादेशिक आयुर्वेद तथा बैकल्पिक चिकित्सालय कलैया बाराको प्रमुख डा. पुनिता केशरिले बताईन । शिबिर आज बेलुका ५ बजे सम्म चल्ने पन्डितले बताएका छन ।







