साजिर मन्सूर
कलैया,असार १०
देवताल गाउपालिकाको १० गाउँ सभा सम्पन्न भएको छ । गाउपालिका अध्यक्ष उदय प्रसाद यादवले नीति कार्यक्रम तथा बजेट प्रस्तुत गरेका छन । गाउँ सभाले आव २०८०/०८१ का लागि ३१ करोड ७ लाख ४३ हजारको बजेट प्रस्तुत गरेको हो । 
गाउपालिका अध्यक्ष यादवले गाउपालिकालाई आवस्यक हरेक किसिमको गौरबको योजनालाई प्राथमिकतामा राखेको बताएका छन । यादवले बस्ती स्तरको योजनालाई आफुले पहिलो प्राथमिकता दिएको बताएका छन । यादवले शिक्षा स्वास्थ्य खानेपानी मा मुख्य रुपमा ध्यान पुर्याईएको बताए ।
गाउपालिका अध्यक्ष यादवले ले गाउपालिकाको उन्नति र प्रगतिका लागि आफुहरु एक जुट रहेको बताए । यादवले आफुहरु बिच स साना कमि कमजोरी रहेको छ त्यसलाई मिलेर पहिचान गर्दै समाधान गरेर नमुना गाउपालिका बनाउने बताए । ईमान्दार भएर गाउपालिका को चौतर्फि बिकासका लागि अगाडी बढ्ने बताए । यादवले आउदो आव देखि बिधालय नर्श कार्यक्रमलाई बढाउने बताए ।
सबै जनतालाई घाटक रोग लागेमा आर्थिक सहयोग स्वरुप बढिमा ५० हजार सम्म दिने बताए । प्याथोलोजी ल्याब सन्चालन गराईने,खानेपानी को लागि एक घर एक चापाकल योजना अन्तरगत सबै घरमा चापाकल दिइनेछ बताए । खेलकुद छेत्रको लागि विभिन्न प्रतियोगिता सन्चालन गरिने यादवले बताए । गापा अध्यक्ष रोजगार कार्यक्रम अन्तरगत रोजगारी सृजना गरिने छ । हरित गाउपालिका बनाउन सबै तिर बृछारोपण गरिने यादवले बताए ।

गाउपालिका अध्यक्ष यादवको अध्यक्षतामा सम्पन्न गाउ सभामा गाउपालिका उपाध्यक्ष सितापती यादव,सातै वडाका वडा अध्यक्षहरु क्रमशः अरुण कुमार सिंह ,मनरोदिन मिया ठकुराई,रामकिशोर प्रसाद कुश्वाहा,ललन प्रसाद यादव,सुरेश प्रसाद साह,सन्जय पटेल,सतेन्द्र यादव,कार्यपालिका सदस्यहरु कान्ति देबि,ललिता देबि,किशुनदेव ठाकुर,रामपुजन पण्डित,सरस्वती देबि,प्रभा देबि धोबी,गाउ सभा सदस्यहरु,सम्पुर्ण शाखा प्रमुखहरु,सन्चारकर्मी एवम पार्टी प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
गाउपालिकाका प्रमुख प्रशासकिय नवीन कुमार श्रीवास्तवले सुभकामना मन्तव्य राखेको कार्यक्रमको सन्चालन प्रशासन शाखा प्रमुख राजिव यादवले गरेका थिए ।







