शिल्पा कुश्वाहा
कलैया,साउन १३

नेपाल ईङ्लिश लाङ्वेज टिचर एशोसिएशन ( नेल्टा) बाराको तेश्रो साधारणसभा सम्पन्न भएको छ । कलैया स्थित मनोकामना कलेजको सभा हलमा सम्पन्न भएको साधारणसभामा गत बर्शको कार्यक्रमहरुको समिक्षा तथा अनुमोदन सहित आव २०८०/०८१मा सम्पन्न गरिने कार्यक्रमहरुको बिषयमा छलफल गरिएको नेल्टा बाराका अध्यक्ष हरिभुषण कुश्वाहाले जानकारी गराएका हुन । अध्यक्ष कुश्वाहाले बारामा अङ्ग्रेजी बिषयको बारेमा थप क्रियाकलाप गराई विश्वलाई जोड्ने भाषा भएकोले अङ्ग्रेजी भाषामा सबैको पकड सरल र सहज बनाउन नेल्टाले प्रयास थालेको बताएका छन । नेल्टा बाराका अध्यक्ष कश्वाहाले जिल्लाको सबै बिद्यार्थीले आफ्नो मातृ भाषा र नेपाली भाषा जस्तै अङ्ग्रेजी भाषामा समेत पकड बनाउन सके बिश्वको जुनसुकै देशमा आफ्नो सहज जीवन निर्वाह गर्न सक्ने बताए ।
अध्यक्ष कुश्वाहाको अध्यक्षता एवम नेल्टाका मधेश प्रदेश प्रतिनिधि राम अवधेश रायको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा देबेन्द्र गिरि,सत्यनारायण कुश्वाहा,नेल्टाका सल्लाहकार तथा बिशिस्ट अतिथि महमद सफिक अन्सारी,नेल्टा मधेश प्रदेशका सचिव राम बहादुर पडित लगायतकाको उपस्थिति रहेको थियो ।
पुनम चौधरीले स्वागत गरेको कार्यक्रमको सन्चालन गङ्गा सागर कुश्वाहाले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर