साजिर मन्सूर
कलैया,भदौ ९

गए राती कलैया उपमहानगरपालिका वडा नम्बर १ स्थित श्री ३ चन्द्र मा बि को दक्षिण गेट सङ्गै रहेको आदित्य किराना पसल र अन्जली ब्युटी पार्लरमा चोरी भएको छ उक्त पसलबाट नगद रु.८० हजार ,धारा तेल २ कार्टुन,रिचार्ज कार्ड,खुकुरी सिगरेट २ बन्डल,सुर्या चुरोट २ बन्डल,राजनिवास,रजनिगन्धा गरि अन्दाजी रु. १ लाख २५ चोरी भएको पसलका सन्चालक आदित्य गुप्ताले जनाएका छन । आफू बिहान ६:३० बजे पसल खोल्न आउदा गेट खुल्ला भएको देखेर आफुलाई चोरी भएको थाहा भएको गुप्ताले बताए ।

कलैया उपमहानगरपालिकाको अमिन समेत रहेका धन्सुन्दर साह कानुको उक्त घरमा रहेको अन्जली ब्युटी पार्लरमा समेत चोरी भएको सन्चालिका अन्जली गुप्ताले दुखेसो पोखिन । अन्जली गुप्ताले आफू महिला भएर घरमुली सङ्ग आग्रह गरि आफैले आफ्नो खुट्टामा उभ्न पैसा मागेर ब्युटी पार्लर सन्चालन गरेको तर यसरी चोरी भएपछि आफू अत्यन्तै दुखी भएको बताईन । गुप्ताले पार्लर बाट हेयर ड्रायर २ र हेयर स्ट्रेटर २ वटा,कर्ली मेसिन र क्रीमहरु गरि ६० हजारको चोरी भएको बताईन ।
रातभर पानी परिरहेको बेला सुनसान देखेर टासेकै घरको छतबाट चढेर घरमा पसि भित्रबाट चोरी गरिएको हुन सक्ने प्रहरीको अनुमान रहेको छ ।

चोरहरुले सोहि टोलमा अन्य घरहरुमा समेत चोरी गरेको पाईएको छ । स्थानिय कलैया सिटि जेसिजका पुर्व अध्यक्ष समाजसेवी धनिलाल सरार्फले यसरी देवकोटा चौकको नजिकका घरहरुमा समेत चोरी हुनु चिन्ताको बिषय भएको बताएक छन । स्थानियहरुले चोरको यसरी मनोबल बढ्दै गएपछि आफुहरु त्रसित बनेको बताएका छन ।

बारा प्रशासनले यस्ता खालका कु कृत्य गर्ने उपर कडा कार्वाही गरोस र चोरलाई समातेर पिडितको उचित छतिपुर्ती भराओस ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार