
साजिर मन्सूर
कलैया,भदौ ९
मधेस प्रदेश क्रीकेट संघको दोश्रो साधारणसभा तथा अधिवेशन २०८० को एक कार्यक्रमका बिच मधेस प्रदेश सरकारका भौतिक योजना तथा पुर्वाधार मन्त्री कृष्ण प्रसाद यादवले उदघाटन गरेका छन । बाराको कलैया स्थित करण राज पार्टी प्यालेसमा प्रमुख अतिथि समेत रहेका मन्त्री यादवले पानसमा बति बालेर उदघाटन गरेका छन । मन्त्री यादवले मधेसमा अन्तरास्ट्रिय स्तरको क्रीकेट रङ्गशाला बनाउनुको बिकल्प नभएको बताएका छन । मन्त्री यादवले नेपालका लागि हरेक खेलको उत्कृष्ट खेलाडी उत्पादन गरेर दिदै आएको मधेशमा अहिले सम्म रास्ट्रीय स्तरको खेल मैदान बन्न नसक्नु आफैमा दु:खद भएको बताएका छन ।
मन्त्री यादवले मौजुदा प्रदेश सरकारले रङ्गशालाको यो सपनालाई पूरा गर्ने बताए । उनले आफुले बिशेष रुपमा आधुनिक र अन्तरास्ट्रिय स्तरको क्रीकेट रङ्गशाला बनाउन लाग्ने समेत बताएका छन । मन्त्री यादवले नया आउने मधेस प्रदेश क्रीकेट संघका कार्यसमितिले यसमा बिशेष चासो र मेहनत गर्न समेत सुझाएका छन । मधेसले केवल राम्रा राम्रा खेलाडी उत्पादन गर्दै पठाउने तर खेलाडी को उचित ब्यवस्थापन समेत नगरिएको अतितलाई आफुले सच्याउने दिशामा बढ्ने बताएका छन ।
सोही कार्यक्रममा नेपाल क्रीकेट संघका केन्द्रिय अध्यक्ष चतुर बहादुर चन्दले समेत मधेस क्रीकेट खेल र खेलाडीको उर्बर भुमी भएको र यो प्रदेशले नेपाली क्रीकेट बिकासका लागि धेरै नै महत्वपूर्ण योगदान दिएको जिकिर गरे । चन्दले अबको उदेश्य भनेको नै सबल एवम सछ्म नेतृत्व हरेक प्रदेश मा कायम गरि नेपाली क्रीकेटलाई अन्तरास्ट्रिय स्तरमा अब्बल बनाउनु रहेको बताए । केन्द्रिय अध्यक्ष चन्दले यो महिनामा नै नेपालले एसिया कप मा भारत र पाकिस्तान जस्ता बलिया देश सङ्ग खेल्ने बताउदै यो हाम्रो सपना साकार हुने दिशामा बढिरहेको बताए ।
कार्यक्रमका बिशिस्ट अतिथि नेपाली काङ्ग्रेस मधेस प्रदेशका उप सभापति चन्द्र शेखर यादवले बाराको योगदान लाई क्रीकेट का उच्च पदस्थ पदाधिकारी ले बिर्सदै गएको र यहाका होनहार खेलाडी आदिल अन्सारी माथी राजनितिको सिकार बनाएर उस्को खेल जीवन समाप्त पार्ने षडयन्त्र भैरहेको प्रती आक्रोसित हुँदै अन्सारीलाई कपोकल्पित र झुठा षड्यन्त्र बाट क्यानले जोगाउनु पर्ने बताए ।
महागढिमाई नगरपालिकाका मेयर उपेन्द्र प्रसाद यादवले खेलाडी को जीवन सुरक्षा गर्न राज्यले खेलाडी रिटायर्ड भएपछि उनिहरुलाई प्रशिक्षक मा नियुक्ति दिनुपर्ने बताए ।
सोही कार्यक्रममा कलैया उपमहानगरपालिका का नगर प्रमुख बिनोद साहले समेत सुबिधा सम्पन्न क्रीकेट खेल मैदान बनाउन आफुले एक करोड छुट्याएको बताए ।
आजै अधिवेशनले नया कार्यसमिति चयन गर्ने मधेस प्रदेश क्रीकेट संघ का सदस्य एवम कलैया सिटि जेसिजका अध्यक्ष सुबाश जयस्वालले जानकारी गराएका छन ।
मधेस प्रदेश क्रीकेट संघका अध्यक्ष हिरा भगतको अध्यक्षतामा भएको कार्यक्रममा मधेस प्रदेश सरकारका अर्थ तथा योजना समिती का अध्यक्ष माननीय सतिश कुमार सिंह,नेपाल क्रीकेट संघ का कार्यबाहक सचिव दुर्गा पाठक,केन्द्रिय कोषाध्यक्ष रोषन सिंह,केन्द्रिय सदस्यहरु दाउद अन्सारी,प्रशान्त बिक्रम मल्ल,माधव कर्माचार्य,नेपाल क्रीकेट टोलिका पुर्व कप्तान पवन अग्रवाल,प्रहरी नायब उपरीक्षक दधिराम न्यौपाने,बारा क्रीकेट संघ का अध्यक्ष प्रभात चौरसिया,कलैया क्रीकेट क्लबका अध्यक्ष तसिरुद्दिन मन्सूर लगायत क्रीकेट खेल सङ्ग सम्बद्द खेलाडी,सुभचिन्तक,पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
मधेस प्रदेश क्रीकेट संघका सचिव आयुश श्रेष्ठले सन्चालन गरेको कार्यक्रममा स्वागत केन्द्रिय कोषाध्यक्ष रोषन सिंहले गरेका थिए ।
आजै सम्पन्न बन्द शत्रले निम्नानुसारको कार्यसमिति चयन गरेको छ ।