
साजिर मन्सूर ,कलैया ।स्थानिय तह संस्थागत छमता स्व-मुल्यांकन (लिजा) बारे कलैया उपमहानगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुलाई अभिमुखिकरण तथा सहजीकरण कार्यक्रम सम्पन्न भएको छ । उपमहानगरपालिकाको सभा हलमा कार्यक्रमका बारे जानकारी गराइएको हो ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय ग्रामीण बिकास प्रशिक्षण केन्द्र प्रादेशिक सुशासन केन्द्र जनकपुरधाम प्रदेश २ को आयोजनामा भएको कार्यक्रम का बारे बिश्रामपुर गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुनिल केशरिले सहजीकरण गरेका थिए ।
कार्यक्रमका बारेमा सबै जनप्रतिनिधिले सकारात्मक भएको र यसले विभिन्न पालिकालाई नमुना बनाउन सहयोग पुग्ने बताएका अर्का सहजकर्ता निभा सिंहले बताईन ।
कार्यक्रमको अन्त्यमा सम्बोधन गर्दै कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादबले सबै पालिकाले आफू देशमा नमुना पालिका बनाउने भने पनि स्थानिय तह संस्थागत छमता स्व मुल्यांकन बिधिका बारे जानकारी नहुदा सफलता प्राप्त हुन नसक्ने बताउदै यो अभिमुखिकरणले सबै पालिका लाई सहज हुने बताए ।