साजिर मन्सूर
कलैया,भदौ २०

नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघको बारामा समानान्तर समिति गठन भएको छ।

सदरमुकाम कलैयामा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्ट लगायतका केन्द्रिय नेताको उपस्थिति रहेको विद्यार्थीहरूको भेलाले नेविसंघ समानान्तर समिति गठन गरेको हो । गठित समितिको अध्यक्षमा प्रविण सिंहलाई चयन गरिएको छ ।

नेविसंघ केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले मंगलबार नेविसंघ बारा अध्यक्षमा समीर चौधरीलाई जिम्मेवारी दिएका थिए लगत्तै बारा नेबि संघमा असन्तुष्टि चुलिएको काङ्ग्रेस बाराका सचीव राजेश रौनियारले जनाए । रौनियारले जिल्लामा रहेका बिद्यार्थी नेता र बिद्यार्थीहरुको दुख सुखमा साथ दिने र पार्टी को बिभिन्न कार्यक्रममा अहोरात्र खट्ने सिंहलाई बाईपास गरि नेताको चाकरी गर्ने लाई जिम्मेवारी दिइएकोमा हाम्रो पनि आपत्ति हुनु स्वभाविक भएको बताए । चौधरीलाई अध्यक्ष बनाएको पत्र सार्वजनिक भएपछि असन्तुष्ट पक्षले बुधबार समानान्तर समिति गठन गरेका हुन्।

‘विद्यार्थीकै माझबाट नेविसंघ जिल्ला अध्यक्ष चयन गरिएको हो,’ केन्द्रिय सदस्य भट्टले भने।
यता सिंहलाई समानान्तर कमिटी को अध्यक्ष घोषणा भए देखि समाजिक सन्जालमा बिद्यार्थीहरुको सुभकामना र बधाईको ओईरो लागेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार