साजिर मन्सूर
कलैया, भदौ २४

वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडले देशभरी ८ लाख घरधुरिमा इन्टरनेट सेवा जडान गरिसकेको जनाएको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीको रूपमा रहेको वर्ल्डलिङ्कले आईतवार ८ लाखको कोशेढुङ्गा पार गरेको जनाएको छ। सो अवसरमा केन्द्रिय कार्यालय देखि सबै शाखामा केक काटेर खुशियाली मनाईएको कलैया शाखाका प्रबन्धक प्रदिप साहले जनाएका छन । साहले आज कलैया शाखामा पहिलो ग्राहक कलैया ३ भवानिपुरका साउ मन्सूर सङ्ग केक काटेर खुशियाली साटासाट गरेको जनाएका छन ।
बारामा कलैया,सिमरा र कोल्बी शाखामा गरि ५ हजार सक्रिय ग्राहक रहेको कलैया शाखाका प्रमुख प्रदिप साहले जनाएका छन ।
३० भदौ २०५२ मा स्थापना भएको वर्ल्डलिङ्कले नेपालमा २०७४ जेठमा एक लाख ग्राहक सङ्ख्या पुरा गरेको वर्ल्डलिङ्कले २०८० भदौमा ८ लाख ग्राहक पुर्याएको हो । देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा हाल पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत रहेका छन् ।
देशका सातै प्रदेशका ७३ जिल्लामा वर्ल्डलिङ्कको इन्टरनेट सेवा पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत सेवा विस्तार गर्दै लगिएको कम्पनीले जनाएको छ । देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत वर्ल्डलिङ्कमार्फत जाने गरेको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्रि वाईफाई समेत उपलब्ध गराइरहेको साहले जनाएका छन ।
कलैया शाखामा आएदेखी साहले ग्राहकको माग अनुसार सेवा दिन अहोरात्र लागेको र वहाले दिएको सेवा बाट कलैयाका ग्राहक धेरै सन्तुष्ट रहेको ग्राहक साउ मन्सूर ले बताए । मन्सूरले शाखामा ग्राहक सङ्गको ब्यवहार अत्यन्तै मीठो भएकोमा आफू खुशी भएको बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार