साजिर मन्सूर
कलैया,भदौ३०
नेपाल महिला संघ बाराकि अध्यक्ष बबिता जयस्वालले महिलाहरु शसक्त भए मात्र देशको सम्पुर्ण रुपमा बिकास हुने बताएकी छन । बाराको कलैयामा तिजको अवसरमा आयोजित कार्यक्रममा अध्यक्ष जयस्वालले महिलाहरुलाई सम्बिधानले दिएको हक अधिकार बाट समेत बन्चित गर्ने कार्य भैरहेको उनले बताएकी छन । जयस्वालले तिजलाई खर्चिलो र भड्किलो नबनाई शक्ति र संघर्षको आधार बनाउँदै सामाजिक सद्भावको पर्व बनाई राष्ट्रको समृद्धिसँग पनि गाँस्न सक्नुपर्नेमा जोड दिएकी छन । अध्यक्ष जयस्वालले देशलाई खोक्रो बनाउने प्रमुख रोग का रुपमा रहेको भ्रस्टाचार लाई समेत अब हरेक महिलाले सके मात्र रोक्न सकिने बताएकी छन ।
भ्रस्टाचार गरेको पैसा आफू सहित आफ्नो सन्तानको लागि प्रयोग नगर्ने उदघोष गरेर हरेक नारिले आ आफ्नो श्रीमानलाई भन्न सके भ्रस्टाचार अन्त्य गर्न सकिने बिश्वास ब्यक्त गरिन । अध्यक्ष जयस्वालले मधेस मै नारी शसक्तिकरणका लागि २० औ बर्ष देखि गर्दै आएको त्याग र बलिदानिलाई हामिले कहिल्यै बिर्शन नसक्ने काङ्ग्रेस बाराकी कार्यसमिती सदस्य यवा नेतृ पृयन्का दासले उल्लेख गरिन । दासले महिला संघले आयोजना गरेको तिज मिलनमा २ सय जना बहन्दा जिल्ला भरिका प्रतिनिधि पात्र महिलाहरुको उपस्थितिले पनि कार्यक्रम पुर्ण सफल भएको ठोकुवा गरेकी छन । सोहि कार्यक्रममा बोल्दै महिला अधिकारकर्मी मन्जु सुबेदिले पनि महिलाहरुको साथ र सहयोग बिना कुनै पनि कार्य र राजनितिक उपलब्धि हासिल नहुने बताउदै विभिन्न बहानामा महिलाहरु उपर हुने हिंसा तत्काल बन्द गर्न आग्रह गरिन ।
कार्यक्रम मा उपस्थित सबैले तिजको अवसरमा विभिन्न गितमा नाच्दै आफ्ना पिडालाई बिर्सन प्रयास गरेका छन । महिलाहरुको बिशेष पर्व तिजको अवसरमा महिला शसक्तिकरण सङ्गै दर खाने कार्यक्रम समेत गरिएको थियो । कार्यक्रमको सन्चालन महिला अधिकारकर्मी सरस्वती खरेलले गरेकी थिईन । 







