साजिर मन्सूर
कलैया,असोज २०
बचत आफ्नो लागि,बचत परिवारको लागि,बचत समृद्धिको लागी” भन्ने नाराका साथ कलैया उपमहानगरपालिका वडा नम्बर १८ मोतिसरमा रहेको श्रमजिवी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको तेस्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । मोतिसर चौकमा संस्थाको कार्यालय अगाडि गरिएको कार्यक्रममा संस्थाले हाल सम्म गरेको आर्थिक समाजिक क्रियाकलापका बारेमा समेत सदस्यहरुलाई जानकारी गराईएको छ ।
संस्थाले गएको आवमा ३ लाख ४३ हजार ८ सय २८ रुपैया कुल नाफा गरेको संस्थाका अध्यक्ष सद्दाम मन्सूरले जानकारी गराए । ग्रामीण रुपमा रहेका गरिबको स्तर उकास्न दर्ता भएको संस्थाले आम सेवाग्राहीको मन जित्दै गएको गएको अध्यक्ष मन्सूरले जानकारी गराएका छन । शेयर सदस्यको आर्थिक समाजिक स्तर उकास्नमा संस्था अगाडी रहेको मन्सूरले आर्थिक प्रतिबेदन प्रस्तुत गर्दै बताए । ५१४ सदस्य आबद्द रहेको यो संस्था द्रुत गतिमा सबैको प्राथमिकताका आधारमा अगाडी बढिरहेको मन्सूरले जानकारी गराएका छन । कृषि एवम पशु सेवामा सदस्यहरुलाई प्रोत्साहन गर्दै आएको बताएका छन । अध्यक्ष मन्सूरले संस्थाले गरेको नाफाबाट सदस्यहरुलाई शेयर रकमको आधारमा लाभान्स बितरण गरिने बताएका छन । 
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी सम्बिधान सभा सदस्य रामचन्द्र प्यासिले सहकारीबाट व्यापक रुपमा फाईदा लिन बताए । प्यासिले यसका सदस्यहरु निरन्तर रुपमा संस्था उपर निगरानी गर्नुपर्ने बताए । धेरै ठाउमा सहकारी सन्चालक भागेको,डुबेको,टाट पल्टेको लगायतका समस्या देखिने गरेकाले सबै सजग हुनुपर्ने बताएका छन । नियमको परिधी भित्र रहेर संस्था अगाडी बढ्नुपर्ने बताएका छन । संघीयता आएदेखी सबै छेत्रका साझा पहल र सहयोगले देश परिवर्तन तर्फ लगेको बताए । देशमा युवामुखी कार्यक्रम बढाएर मात्र देशमा रोजगारी बढाई देश बिकास तर्फ अगाडी बढ्ने बताए ।
बिशिस्ट अतिथि पुर्व प्रदेश सभा सदस्य पारस साहले देशमा सहकारी नभएको भए बारामा मात्र हजारौको संख्यामा मिटर ब्याजिको मुद्दा पर्ने थियो बताए । गाउघरमा चल्ने ऐचो पैचो र सहुलियत दरमा सहयोग गर्नुपर्ने बताए । सरकारले नेपालको हरेक सहकारी लाई बलियो बनाउदै सहकारी लाई युवाको आकर्षणको केंद्र बनाउन आग्रह गरे । सहि किसानले कहिल्यै सहज कृषि लोन नपाएको तर सुकिला मुकिला ले मात्र अनुदान र लोन पाउने गरेको साहले बताए । साहले शेयर सदस्यहरुलाई सिपमुलक कार्यक्रम सन्चालन गर्न लगाएर सबैको आर्थिक स्तर उकास्न सक्नुपर्ने तब मात्र समृद्धि तर्फ अगाडी बढ्न सक्ने बताए ।

संस्थाले उत्कृष्ट बचतकर्ताहरु ठग साह तेलि,लालमहमद्ब हवारी,सन्जय प्रसाद साह,कुदरत मिया र गोपाल गुप्तालाई प्रेसर कुकर पुरस्कार बितरण गरिएको संस्थाका अध्यक्ष मन्सूरले जानकारी गराए । संस्थाले प्रमुख अतिथि बिशिस्ट अतिथी एवम अतिथिहरुलाई मायाको चिनो ले सम्मनित गरेको थियो ।

संस्थाका अध्यक्ष सदाम हुसेनको अध्यक्षतामा भएको कार्यक्रममा बिशिस्ट अतिथि कलैया उपमहानगरपालिका सहकारी शाखा प्रमुख महन्थ ठाकुर,कलैया उपमहानगरपालिका वडा नम्बर १८ का वडा अध्यक्ष ध्रुब राउत अहिर,वडा नम्बर २३ का वडा अध्यक्ष अमिन अन्सारी,फेटा गाउपालिका वडा नम्बर २ का अध्यक्ष नरेश पटेल,कलैया उपमहानगरपालिका वडा नम्बर १८ का पुर्व वडा अध्यक्ष अम्बिका प्रसाद यादव,शर्मा बैठा,बिरेन्द्र यादव,शम्भु प्रसाद कानु,काङ्ग्रेस युवा नेता नरेश गुप्ता सहितकाले शुभकामना राखेका थिए ।
सन्स्थाका सचिव अन्वर मन्सूरले स्वागत गरेको कार्यक्रमको सन्चालन रुस्तम अन्सारीले गरेका थिए ।







