साजिर मन्सूर
कलैया,कार्तिक ९

नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल बिद्यार्थी संघका केन्द्रिय सदस्य युवा नेता हरिओम साहले कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा रहेको अमृता अनाथ आश्रमका बालबालिकाहरुलाई ३ दिनको अध्ययन भ्रमणमा लगेका छन । केन्द्रिय सदस्य साहले अहिलेको समयमा सबै जना भ्रमणमा गैरहेका बेला अनाथ बालबालिकालाई समेत देशको पर्यटकिय स्थलमा घुमाउन सके देशको भुगोल र स्थलका बारेमा बालबालिकालाई जान्न मौका मिल्ने भएकोले आफुले यसको आयोजन गरेको बताए ।
केन्द्रिय सदस्य साहले भ्रमणमा गएका अनाथ बालबालिकाले पोखरा र लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम रहेको बताए ।
भ्रमणमा लगभग १ लाख २५ हजारको लागत लाग्ने अनुमान रहेको साहले जानकारी गराए ।
सो भ्रमणका लागि लाग्ने खर्चहरुमा बस भाडा ५२ हजार केन्द्रिय सदस्य साहले उपलब्ध गराएको जानकारी गराएका छन । त्यस्तै कलैया उपमहानगरपालिकाले १० हजार,महागढिमाई नगरपालिकाले १० हजार,रिलायन्स चिनिमिलले ५ हजार १ सय,चिनिमिलका अन्कित अग्रवालले ५ हजार १ सय र चिनिमिलका पुर्व कर्मचारी बिकास चौधरीले लुम्बिनी र पोखरामा लाग्ने लजिङ्ग फूडिङ्ग को ब्यवस्थापन गर्ने गरि सहयोग गरेको भ्रमणको आयोजक समेत रहेका नेबि संघ का केन्द्रिय सदस्य साहले जानकारी गराएका हुन ।
भ्रमणमा २५ जना अनाथ बालबालिका र हेरचाह गर्ने एवम आश्रमका सन्चालक सहित ३० जना रहेको साहले जनाएका छन ।
यता नेपाली काङ्ग्रेस बाराकी युवा महिला नेत्री तथा जिल्ला कमिटी सदस्य प्रीयन्का कुमारी दासले अनाथ बालबालिकालाई विभिन्न दाताहरुको सहयोगमा देशको विभिन्न पर्यटकिय स्थलको भ्रमण गराउनु अत्यन्तै सराहनीय भएको भन्दै साहलाई धन्यवाद दिइन । नेतृ दासले कमाएर केवल आफ्नो घर परिवार पाल्ने त सबै छन तर नहुनेका लागि त्यसमा पनि अनाथ बालबालिका का लागि आयोजन गरेको यस्तो भ्रमण कार्यक्रम अरुका लागि पनि उदाहरणिय बन्ने बताईन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर