साजिर मन्सूर
कलैया,कार्तिक १०
नेपाल तरुण दलको ७१ औँ स्थापना दिवसको अवसरमा बारा शाखाले प्रादेशिक अस्पताल कलैयाका बिरामीहरूलाई फलफूल वितरण गरेको छ ।
नेपाल तरुण दल बाराले आज एक कार्यक्रम आयोजना गरि स्थापना दिवसको अवसरमा प्रादेशिक अस्पताल कलैयामा बिरामीहरूलाई फलफूल वितरण गरि स्थापना दिवस मनाएकाे तरुण दल बाराका अध्यक्ष दिपेन्द्र पटेलले जानकारी गराए । प्रादेशिक अस्पताल कलैयामा आपतकालीन,आईसीयू,गर्भवती महिला,जेनेरल,अपरेशन वार्डमा रहेका ५० जना बिरामीहरुलाई फलफूल वितरण गरिएको अध्यक्ष पटेलले जानकारी गराएका छन ।
नेपाल तरुण दल बाराका सभापति दिपेन्द्र पटेलको अध्यक्षता एवम नेपाली कांग्रेस बाराका सभापति राजेश राय यादवको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा पूर्व मन्त्री कलावती पासवान,बारा क्षेत्र नम्बर २ का क्षेत्रीय सभापति रामप्रवेश प्रसाद यादव,नेपाली काँग्रेस बारा क्षेत्र नं ४ ख को सभापति लोकेश सिंह,नेपाल शिक्षक संघ बाराका सभापति राजकिशोर सहनी,तरुण दलका केन्द्रीय सदस्य राजकिशोर गुप्ता,प्रादेशिक अस्पताल कलैयाका डा.मनोज यादव,समीर चौधरी सहित नेता तथा कार्यकर्ताहरु लगायतको उपस्थिति रहेको थियो ।







