साजिर मन्सूर
कलैया,कार्तिक १९
नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडले आइतबारदेखि बारा जिल्ला सदरमुकाम कलैया उपमहानगर पालिका वडा नम्बर ४, बरियारपुर रोड स्थित नयाँ शाखा सञ्चालनमा ल्याएको छ । यो संगै मधेश प्रदेशमा बैंकको २१ वटा शाखाहरु भएका छन । एक कार्यक्रमका बिच कलैया उपमहानगर पालिकाका मेयर बिनोद साह र बैंकका कार्यकारी प्रमुख ज्योती प्रकाश पाण्डेले संयुक्त रुपमा नया शाखाकोे उद्घाटन गरेका हुन । उद्घाटन गर्दै मेयर साहले आर्थिक कारोबार अब बैंकमार्फत नै हुने भएकाले त्यस क्षेत्रका बासिन्दाहरुलाई सहज हुने बताउनुभयो । कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष रामेश्वर यादव, उद्योग वाणिज्य संघका अध्यक्ष राजकुमार साह तेली लगायत स्थानीय बुद्घिजिवी तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि, विषेश अतिथिहरुले बैंकिङ सेवाको पहुच बाहिर रहेको कलैया तथा आसपास क्षेत्रमा बसोबास गर्ने सेवाग्राही तथा उद्योग व्यवसायीहरुलाई बैंकिङ सुविधा सहज रुपमा उपलब्ध हुने बताउनुभयो ।
बैंकका कलैया शाखा प्रमुखले सेवाग्राहीहरुलाई यस शाखा मार्फत बैंकले प्रभावकारी सेवा दिइने बताउनुभयो । हाल बैंकले २६१ शाखा कार्यालय र ६२ वटा एक्सटेन्सन काउन्टर मार्फत सुविधा दिँदै आएको कलैया शाखा प्रबन्धक परमेश्वर प्रसाद साहले जनाएका छन । साहले कलैयामा शाखाले सेवाग्राहीको मन जितेर कार्य गर्ने बताए ।