साजिर मन्सूर
कलैया,कार्तिक २१
बाराको सदरमुकाम कलैयामा १ हजार बढी महिलाहरुको उपस्थितिमा धुँवा रहित बिधुतिय चुलो बायु पन्खी चुलोको बारेमा जानकारी गराईएको छ । कलैया उपमहानगरपालिका तथा लुमन्तीद्वारा प्रवर्द्दित ‘दिपशिखा महिला बचत तथा ऋण सहकारी संस्था लि.’ को १२ औं वार्षिक साधारण सभाको उदघाटन शत्रमा सहभागी रहेका एक हजार भन्दा बढी महिलाहरुका बिच हक्स पावर नेपाल प्रा.ली. ले निर्माण गरेको धुँवा रहित बिधुतिय चुलोको प्रदर्शन गरिएको हो । कम्पनी को कार्यक्रम कार्यक्रम सम्योजक ममता ओझाले कम्पनीले बिगत पाँच वर्षदेखी देशका ६४ जिल्लामा यो चुलो सफल बिक्रि बितरण गरिरहेको बताउदै यसको फाईदा तथा सबल सबै पछका बारेमा जानकारी गराएकी थिईन । कार्यक्रम सम्योजक ओझाले पर्सामा मुख्य उद्योग रहेको यस कम्पनीले गाउँ नगर सबै तिर धुँवा रहित बनाउन लक्ष्य भएको बताईन । ओझाले यो चुलो हरेक किसिमले राम्रो भएको बताउदै हाल विभिन्न पर्वको अवसरमा अति न्युन मुल्यमा बिक्रि वितरण गरिरहेको जान्कारी गराईन ।

ओझाले संस्थाका अध्यक्ष वैज्ञानिक मनोज कुमार गुप्ता यो अभियानको प्रवर्धनमा लागेको बताईन ।
‘डेमोस्ट्रेसन’ पछी उपस्थित महिलाहरु अत्यन्तै उत्साही भएका थिए ।
कार्यक्रम सम्योजक ओझाले ९ हजार पाच सय पर्ने सो चुला पाँच हजारमा बिक्री गरिरहेको जानकारी गराईन । करिव १५ जनाले सो चुलो खरिद गर्ने बताए । डेमोस्ट्रेशन पछि नगर प्रमुख बिनोद साहले दुई वटा चुलो उपस्थित मध्ये २ जनालाई कम्पनिका तर्फबाट निशुल्क हस्तान्तरण गरेका थिए । 
तिन वर्षको ग्यारेन्टी रहेको सो चुलो परिवारदेखी ठुला–ठुला होटल र उद्योग प्रतिस्ठानहरुमा समेत प्रयोग गर्न सकिने ओझाले बताईन । उनका अनुसार यो चुलोको प्रयोगले आयात प्रतिस्थापनमा टेवा पुर्याउने र सिलिन्डर ग्यासको तुलनामा २० प्रतिशतमात्रै उर्जा खपत हुने बताए । यो चुलोलाई देखेपछि उप मेयर रौशन प्रवीणले यो यश नगरका बासिका लागि अत्यन्तै राम्रो हुने बताईन । नगरले यस बारे अझ राम्रो सङ्ग बुझेर नगरमा अनुदानका रुपमा पनी बितरण गर्न सकिने बताईन ।







