साजिर मन्सूर
कलैया,मङ्सिर ९
लैङ्िगक हिंसा अन्त्यको सुनिस्चितता : महिला र बालबालिकामा लगानिको एक्यवद्धता भन्ने नाराका साथ लैङ्िगक हिंसा विरुद्ध को १६ दिने अभियान आजबाट शुरु भएको छ । बारा सदरमुकाम कलैयामा लैङ्गिक हिंसा विरूद्ध मनाइने १६ दिने अभियान नोभेम्बर २५ देखि डिसेम्बर १०, २०२३ को अवसरमा नेपालसहित विश्वभरका सम्पूर्ण दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गरिएको छ ।
नेपालको संविधानले प्रत्याभुत गरेका मौलिक अधिकार तथा कानूनले महिलालाई परिवार सञ्चालन देखि राज्य सञ्चालनसम्मका हरेक तहमा समान अवसर, समानता, सहभागिता, प्रतिनिधित्व र अपनत्वको सुनिश्चित गरेको छ । यद्यपि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक‚ छुवाछुत जस्ता महिलाद्वेषी प्रथा‚ परम्परा र अन्धविश्वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य छन् ।
जिल्ला प्रहरी कार्यालय बारा बाट ब्यानर प्ले कार्ड सहित निस्केको र्यालिले कलैया बजारको परिक्रमा गरि महिला हिंसा को बिरुद्ध नारा लगाएका थिए ।
समाजमा विद्यमान यस प्रकारका विकृति र विसंगतिका विरुद्ध परिवार र समुदाय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन, कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन, साथै महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरूषमा भएको असमान शक्ति संरचनामा परिवर्तन गर्नसके मात्र महिलाविरुद्ध हुने हिंसा कम गर्न सकिने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताएका छन । सो अवसरमा‚ लैङ्गिक हिंसा अन्त्यको लागि क्रियाशील सरकारी निकाय‚ सामाजिक संघ-संस्था‚ नागरिक समाज तथा महिला अधिकारकर्मीहरूलाई यो अभियानले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्ने सपकोटाले विश्वास लिएको बताए ।
कार्यक्रममा प्रहरी निरीक्षक बिमला कुमारी कठायत,संरक्षण नेपालको अध्यक्ष तथा महिला अधिकारकर्मी बबिता जयस्वाल,निभा सिंह,मन्जु सुवेदी,लक्ष्मी खरेल,कलैया उपमहानगरपालिकाको महिला तथा बालबालिका शाखाको प्रमुख नेहा केशरी,सहायक महिला बिकास निरीक्षक आश्मा खातुन,बिश्वास एफएम कलैयाका प्रबन्ध निर्देशक साजिर मन्सूर सहित बिभिन्न गैरसरकारी संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।
सन् १९८१ मा ल्याटिन अमेरिकाको डोमिनिकल गणराज्यबाट शुरु भएको लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियानले अन्तराष्ट्रियस्तरमा तीन दशक पार गरिसकेको छ भने नेपालमा सन् १९९७ देखि सञ्चालन हुदै आएको छ ।







