साजिर मन्सूर
कलैया,मङ्सिर २०
कलैयाको आशिर्वाद हस्पिटल प्रालिले आफ्नो प्रथम बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । कलैया बिरगंज सडकमा बाल मन्दिर को सामने खुलेको हस्पिटल ले मानव कल्याण हेतु कसैले अकालमा ज्यान गुमाउन नपरोस भनेर रक्तदान कार्यक्रम गरेको अस्पताल का संचालक तथा प्रसुती तथा स्त्रीरोग विशेषज्ञ डाक्टर राजेश साहले जनाए । कार्यक्रममा २१ जनाले रक्तदान गरेको अस्पताल प्रशासनले जनाएको हो ।
बार्षिकोत्सवको अवसरमा सम्पुर्ण सेवाग्राहीमा धन्यवाद दिदै आशिर्वाद हस्पिटल प्राली कलैयाका संचालक डा. साहले आउने दिनमा अझ आधुनिक प्रबिधी भित्र्याउदै सेवा दिने जनाएका छन ।
प्रमुख अतिथी पारस साहले बाराका नागरिकको अकालमा रगतको अभावले ज्यान जान नपरोस भन्दै अस्पतालले कलैया ब्लड बैंकको लागी रक्तदान कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिए । प्रमुख अतिथि साहले प्राइभेट भए पनि न्यून शुल्कमा नागरिकको उपचार गरेको आशिर्वाद अस्पताल सबैमा लोकप्रिय बन्दै गएको बताए ।
बिशिस्ट अतिथि कलैया उपमहानगरपालिका का मेयर बिनोद साहले बारा मात्र हैन रौतहट र पर्साको पनि बिरामी आशिर्वाद हस्पिटलमा आएको हेर्दा अत्यन्तै खुशी लाग्ने भएको बताए । मेयर साहले कलैयालाई स्वास्थ्यको हब बनाउने र यसमा आशीर्वाद हस्पिटलको योगदान रहने बताए ।
बाराका धेरै संघसंस्था समाजिक उतरदायीत्व निर्वाह गर्न बाट चुकेका छन तर एक बर्षमै आशिर्वाद अस्पतालले समाजिक उतरदायीत्व पूरा गर्दै सबैको मन जितेको माओवादी केन्द्र का युवा नेता मुकेश साहले प्रसंशा गरे ।
सो अवसरमा नगर सभा सदस्य शशी दास, काङ्ग्रेस युवा नेता राकेश पाण्डे,ब्लड बैंक कलैया का प्रमुख राजाबाबु गुप्ता,एमाले युवा नेता पुरुषोत्तम साह, अस्पतालका डाक्टरहरु,स्टाफ र भद्रभलादमिहरुको उपस्थिति रहेको थियो । हस्पिटलले २४ सै घन्टा आईसियु एन आईसियु,प्रसुती सेवा,ईमर्जेन्सी सेवा,हाड तथा जोर्नी सेवा,नवजात शिशु तथा बाल रोग सेवा,फिजिसियन सेवा,भिडियो एक्सरे,जेनेरेटर सर्जरी सेवा उपलब्ध गराईने अस्पतालको डाईरेक्टर डा.राजेश कुमार साहले जनाएका छन ।डा. साहले गरिब बिपन्न परिवारका लागि पनि बिशेष सहुलियतमा उपचार सेवा उपलब्ध गराईरहेको बताएका छन ।
उक्त कार्यक्रम मा ५ महिला सहित १६ जनाले रक्तदान गरेका छन ।
कार्यक्रम को सन्चालन सन्चारकर्मी साजिर मन्सूरले गरेका थिए ।