बाराका पचरौता नगरपालिकाका नगर प्रमुख जलन्धर सिंह जैसवारले स्थानीय सरकार सञ्चलन एनको विपरित कुनै किसिमको मेला नलगाउन र सांस्कृतिक कार्यक्रम नगर्न जानकारी दिनुभएको छ ।
पचरौता नगरपालिकाको वडा नम्बर ५ बेनौलिमा लाग्न लाग्न लागेको बेनौली महाविरी झन्डा मेलाको लागी बिभिन्न समुहले चन्दा उठाउन लागेकाले आफ्नो ध्यानकर्षण भएको जनाउदै नगर प्रमुख जैसवारले त्यस्ता कार्य रोकिएन भने कारवाही गर्ने चेतावनी दिनुभयो ।
स्थानीय सरकार सञ्चालन एन २०७४ को दाफा ११ र १२ को पूर्ण पालना नगरी मेला वा सास्कृति कार्य गर्नेलाई आफुहरु कानुनि कारवाही गर्ने बताउनुभयो ।
पालिका र वडा कार्यालयको सिफारीस बिना यस्ता कार्य गर्न नदिने बताउदै नगर प्रमुख जैसवार पालिकासंग समन्वय गरेर आउँन समेत सम्बन्धित पक्षलाइ आग्रह गर्नुभयो ।







