साजिर मन्सूर
कलैया,पुष ९
सानिमा बैंक लिमिटेड कलैया शाखाले बैंक को १९ औ बार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । जिल्ला सदरमुकाम कलैया स्थित भरत चौकमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २८ जना पुरुष र १ जना महिला गरि जम्मा २९ जनाले रक्तदान गरेको बैंकका ऋण शाखा प्रमुख साहिल राजाले जनाएका छन ।
बैंकले हरेक बर्ष समाजिक उतरदायीत्व बहन गर्दै विभिन्न समाजिक गतिविधि गर्दै आएको राजाले बिश्वास एफएम लाई जानकारी गराएका छन ।
कलैया ब्लड बैंकका प्रमुख राजाबाबु गुप्ताले कलैया ब्लड बैंक लाई रगतको अभावबाट टाढा राख्न सबै दल सरकारी तथा गैरसरकारी संस्थाले रक्त दान जस्तो मानविय पुणित कार्य गर्न आग्रह गरेका छन ।
बैंक का शाखा प्रबन्धक उमेश चौरसियाले सानिमा बैंकले ग्राहकको माग र चाहना बमोजिम सेवा दिइरहेको जनाए ।
सो अवसरमा सिल्की साह,बिनित साह,रबिन साह,कुन्दन साह,गृश्मा मैनाली,निशेस नेपाली,आदर्श गुप्ता लगायतकाको उपस्थिति रहेको थियो ।







