साजिर मन्सूर
कलैया,पुष ११
रामराजा ( मोबि साह) बहुमुखी क्याम्पस कलैयाको ४२ औ बार्षिकोत्सवको अवसरमा भैरहेको साता ब्यापी विभिन्न खेलकुद प्रतियोगिताको आज भएको खेलमा भलिबल तर्फको खेलमा कक्षा ११ ले बिबिएस दोश्रो बर्षका पुरुष खेलाडी हरुलाई पराजित गरि बिजयी भएको छ । 
रामराजा क्याम्पसका सहायक क्याम्पस प्रमुख हेतनारायण चौधरीका अनुसार कक्षा ११ मा कप्तान नविन चौधरी,बिवेक चौधरी,सुजन चौधरी, सुमन सहनी,सुरज कुशवाहा, देवनाथ कुशवाहा, गोपाल कुशवाहा,बिवेक कुमार यादव,दिलिप पटेल अहेका थिए भने बिबिएस दोश्रो बर्षका खेलाडी हरुमा कप्तान अतिश अंसारी,साहेब बाबु मंजुर,सागर कुमार गुप्ता, फिरोज अंसारी,सुनिल पटेल,सरोज दास,गुलाब अली,अपन अंसारी,निरज कुशवाहा खेलिरहेका थिए । 
यस्तै आजै भएको १०० मिटरको पुरुष दौडमा बिबिएस प्रथम बर्षका धर्मराज कुशवाहा प्रथम र कक्षा ११ का आकाश पटेल दोश्रो भएका छन । त्यसतै छात्राहरुको १०० मिटर दौडमा बि एड दोश्रो बर्षको सरिता मण्डल प्रथम र बिएड प्रथम बर्षको सोनी कुमारी द्वितिय भएका छन ।
म्युजिकल चेयरमा कक्षा १२ कि सिद्धि केवट प्रथम र कक्षा ११ कि बिन्दुकुशवाहा द्वितिय भएको चौधरीले जानकारी गराएका छन ।








