साजिर मन्सूर
कलैया,माघ १७
कलैया उपमहानगरपालिकाले ईलेक्ट्रीक स्पेयर टन्की बितरण गरिएको छ । आव २०८०/०८१ को बिनियोजित नगर स्तरिय बजेट बाट ५० प्रतिशत अनुदानमा टन्की बितरण गरिएको नगर प्रमुख बिनोद साहले बताएका छन । नगर प्रमुख साहले आह्वान गरिएको निवेदन अनुसार २५४ जना किसानले फर्म भएको र सबैलाई बितरण गर्ने योजना रहेको बताएका छन ।
प्रमुख प्रसासकिय अधिकृत नाथु साहले उत्पादन लागत घटाएर नगरको किसानको राहतका लागि टन्की बितरण गरिएको बताएका छ्न । किसानको आवस्यकतालाई ध्यानमा राखी अझ कार्यक्रम थप्दै जाने साहले बताएका छन । किसानका लागि यस अगाडी पनि नगरको कृषि बिकास शाखाबाट स्प्रे टन्की,धान गहु,चुन,अर्गानिक मल,सिचाई मोटर लगायत बितरण गरिएको बताएका हुन ।
टन्की बितरण कार्यक्रममा नगर उप प्रमुख रौशन प्रबिण,कृषि शाखा प्रमुख कुन्दन यादव,पशु सेवा शाखा प्रमुख मनिष मण्डल,जिन्सी शाखा प्रमुख नरोतम अधिकारी,वडा अध्यक्ष लालबाबु मन्डल सहितकाको उपस्थिति रहेको थियो ।