साजिर मन्सूर
कलैया,चैत्र ८

नेपालिहरुक महान पर्व फागु पुर्णिमा होलिको अवसरमा हामिले आफुभित्रको कलेष, रोष, काम, क्रोध, मद, मोह, लोभ, अहंकार, इष्र्याभाव जस्ता दोषलाई त्याग गरेर यी बिकार तत्वको बलिदानी दिनुपर्ने सम्बिधान सभा सदस्य एवम काङ्ग्रेस नेता डा.शोभाकर पराजुलिले बताएका छन । पराजुलिले एक प्रेस नोट जारी गर्दै हाम्रो सांस्कृतिक, धार्मिक, सामाजिक, पारम्परिक पर्व “होली” को सबैमा मंगलमय शुभकामना व्यक्त गरेका हुन ।

यो रंगिन पर्व हो, रंगको पर्व हो । यसलाई उल्लास‌मय रुपमा मनाऔं । यो पर्वले आपसमा सद्‌भाव, प्रेम, मेलमिलाप, मानवतावाद, भाइचारा, भातृत्वको अझ बढी अभिवृद्धि गएओस् । सबैमा खुसी, सुख, आनन्द, समृद्धि, उमंग, उत्साह जगाओस् उनले कामना गरेका छन । उनले
हाम्रो जीवनलाई विनम्र, शालीन, प्रेमिल, न्यायिक, सार्थक बनाउने प्रेरणा इश्वरले दिउन् समेत लेखेका छन ।
साथै उनले हाल समाजमा बिधमान बिकृती का रुपमा मौलाउदै गएको अस्लिल गित तथा जोरले बज्ने डिजे समेत बन्द हुनुपर्नेमा जोड दिएका छन । हामिले हाम्रो संस्कृति लाई भुल्न नहुनेमा समेत ध्यानाकर्षण गराएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर