साजिर मन्सूर
कलैया,चैत्र १०

नेकपा एमाले नगर कमिटी पचरौता नगरपालिका द्वारा आज होलि मिलन तथा सुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पचरौतामा भएको होलि मिलन कार्यक्रमकै अवसर पारेर पार्टी प्रवेश समेत गराईएको छ । कार्यक्रम को प्रमुख अतिथी समेत रहेकी नेपाल सरकारका संघीय कृषि मन्त्री ज्वाला साहले उक्त अवसरमा वडा न.८ का एकीकृत समाजवदीका वडा अध्यक्षको प्रत्यासी सन्दन यादव,लोसपाका किशोरी यादव,जसपाका बुधराम चौधरी,वडा न.१ लोसपाका सितल साह,वडा न.७ नेपाली काङ्ग्रेसका भागवत पन्डित,वडा न.२ जसपाका फुलमहमद अन्सारी लगायत १५० जना भन्दा बढि नेता कार्यकर्ता एमालेमा प्रबेश गराएकी छन । नवप्रवेशी हरुलाई प्रमुख अतिथी कृषि मन्त्री साहले टीका गम्छा लगाई एमाले भित्र प्रवेश गराएकी थिईन ।
उक्त कार्यक्रमका बोल्दै बिशिष्ट अतिथि पचरौता नगर प्रमुख जलन्धर सिंहले असत्य माथि सत्यको विजय भएको दिनलाई उत्सवको रुपमा परापूर्व काल देखि मनाउदै आएको होली पर्वलाई भव्य, सभ्य एवं मर्यादित तवरबाट मनाउनुपर्ने जिकिर गर्दै चुनाव अघि गरेका प्रतिबद्धताहरु मध्ये छात्रबृति, कृषि मीटर महसुल, एम्बुलेन्स सेवा नि:शुल्क लगायतका बाचाहरु पूरा गरीसकेको र बाँकी रहेका प्रतिबद्धताहरु पूरा गर्न दिनरात लागिपरेको बताउनु भयो। कार्यक्रममा बोल्दै वहाँले पक्की ढलान गर्न नसक्ने ठाउँमा आफु आगामी ८४ को चुनावमा मत माग्न नजाने समेत ठोकुवा गर्नुभयो।
पचरौता एमाले नगर कमिटी अध्यक्ष जयनारायण राउत कुर्मीको अध्यक्षता एवम केन्द्रिय कृषि मन्त्री माननीय ज्वाला साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विशिष्ट अतिथी:- ने.क.पा. एमालेको केन्द्रिय सचिव तथा मधेश प्रदेश इन्चार्ज पूर्व मन्त्री माननीय योगेश कुमार भट्टराई,एमालेको पोलिटब्युरो सदस्य पूर्व मन्त्री पुरुषोतम पौडेल,प्रतिनिधि सभा सदस्य माननीय अचुत मैनाली, संविधान सभा सदस्य बलविर चौधरी,एमाले प्रदेश कमिटी सदस्य तथा पन्चरौता नगर प्रमुख जलन्धर सिंह जैस्वार,पचरौता नगर उप प्रमुख नसिमा खातुन सहित एमालेका नेताहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्वागत मन्तव्य नगर इन्चार्ज सुरेश यादवले गरेका थिए भने कार्यक्रम सञ्चालन वडा नम्बर ५ का वडा अध्यक्ष लक्ष्मी यादवले गरेका थिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर