साजिर मन्सूर
कलैया,बैशाख ३१
राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउँ महाअभियान जिल्ला कार्य समिती बारा द्वारा कलैयामा बिरोध रैली निकालिएको छ । कलैयाको एभरेस्ट बैंक अगाडी नाराबाजी गर्दै महिलाहरूले ढुङ्गा मुढा गरि प्रदर्सन गरेका छन । बैंकका प्रमुखको पुतला दहन गर्न खोजेपनी प्रहरीले त्यसो गर्न नदिएको हो । एभरेस्ट बैंकबाट लोन लिएर बैंकले किस्ता गर्न ताकेता गर्दा बर्दियामा खुशिराम चौधरीले पासो लगाएर आत्म हत्या गरेपछी अभियानले देशभरका विभिन्न शाखामा प्रदर्सन सहित ताल्चा लगाउने योजना बनाएको अभियान बाराका उपाध्यक्ष बलिराम पास्वानले भने । जिल्ला अध्यक्ष धिरज प्रसाद केशरीको नेतृत्वमा आएर ढुङ्गा मुढा गरेपछि प्रहरीले निगरानी बढाउदा अध्यक्ष केशरी त्यहाबाट भागेको प्रत्येक्षदर्शिले जानकारी गराए । ढुङ्गामुढाबाट बैंकको गेटको सिशा फुटेको छ । बैंकका कर्मचारी गेट बन्द गरेर भित्रै बसिरहेका छन । उपाध्यक्ष पास्वानले विभिन्न बिभिन्न माँगहरू रहेको बताएका छन । पास्वानले लघुवित्त संस्था खारिज गर, २० लाख सम्मको ऋण मिनाहा गर ,जग्गा, जमिन, घरारी लिलाम गर्न पाईदैन,लिलाम गरेको जग्गा फिर्ता गर ,हाम्रो बचत फिर्ता गर, २० लाख देखिको रिणीलाई ७% ब्याज दर कायम गर,८% भन्दा बढी लिएको ब्याज फिर्ता गर लगायतका माग अघि सारिएको बताए ।







