राष्ट्रपति रामचन्द्र पाैडेलले सङ्घीय संसद्काे संयुक्त बैठकमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत गर्न शुरु गर्नुभएकाे छ । राष्ट्रपति पाैडेलले आउँदाे आर्थिक वर्ष २०८१/०८२ काे नीति तथा कार्यक्रम प्रस्तुत गर्न थाल्नुभएकाे हाे ।
आज बिहान सिंहदरबारमा बसेकाे मन्त्रिपरिषद् बैठकले शुक्रबार बिहान बसेको बैठकले आउँदाे आर्थिक वर्षका लागि सरकारकाे नीति तथा कार्यक्रम पारित गरेकाे थियाे ।
आजकाे बैठकको शुभारम्भमा राष्ट्रपति पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सकारको नीति तथा कार्यक्रम पेश गर्नुभएको थियो । सरकारको वार्षिक बजेटअघि राष्ट्रपतिबाट सङ्घीय संसद्को दुवै सदनमा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अभ्यास रहँदै आएको छ ।
सम्बोधनका लागि राष्ट्रपति पौडेल नयाँ बानेश्वरमा रहेकाे संसद् भवन परिसरमा पुग्दा सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरे, संसद् सचिवालयका सदस्यलगायतले स्वागत गर्नुभएको थियो । त्यस अवसरमा नेपाली सेनाले एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो ।
संसद् सचिवालयले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको परिसरलाई राष्ट्रिय झण्डा र तोरणद्वारा झकिझकाउ बनाएको छ भने पानीका फोहरालगायत विशेष आकर्षणको प्रबन्ध गरेको छ ।







