प्रमुख प्रतिपक्षी कांग्रेसले प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले पदीय गरिमा अनुसार भूमिका निर्वाह नगरेको आरोप लगाएको छ । कांग्रेसको अवरोधमाबीच  घिमिरेले प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया अघि बढाएपछि  कांग्रेसले आपत्ति जनाएको हो ।

सभामुखको पदीय गरिमा अनुसार भूमिका भएन । सभामुख पदमा आसिन व्यक्तिले त्यो गरिमा राख्नुपर्छ । कुनै पार्टी विशेषको जस्तो रुपमा प्रस्तुत हुन हुँदैनु कांग्रेस संसदीय दलको बैठकपछि पत्रकार सम्मेलनमा प्रमुख सचेतक रमेश लेखकले भने,ुसभामुखलाई मर्यादित भूमिका कायम गर्न हामीले ध्यानाकर्षण गराएका छौं ।

प्रधानमन्त्रीले विश्वासको मत लिनका लागि अझ समय बाँकी हुँदाहुँदै अवरोधकाबीच सोमबारै विश्वासको मत लिने जबर्जस्ती गरिएको कांग्रेसको धारणा रहेको कान्तिपुरले लेखेको छ ।

ुनेपालवको संविधान अनुसार विश्वासको मत लिने ३० दिन छ । विपक्षी दलले संसदीय छानबिन समिति माग गरिरहेको अवस्थामा समितिको कार्यादेश टुंगोमा पुर्‍याएर अन्य काम अघि बढाउनुपर्नेमा सरकारले बहुमतको दम्भमा बलमिच्याइँ गर्‍योु लेखकले भने । यस्तो कार्यमा सभामुखले पनि सहयोग गरेको कांग्रेसको धारणा छ ।

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर