बारा – बाराको परवानीपुर गाउँपालिका आज शुक्रबार एक कार्यक्रमकाबीच पूर्ण खोप सुनिश्चतता पालिका घोषणा भएको छ । वडा नम्बर ३ को प्रांगणमा आयोजित कार्यमा पालिकालाई पूर्ण खोप सुनिश्चतता घोषणा गरिएको परवानीपुरका स्वास्थ्य शाखाले जनाएको छ ।
कार्यक्रममा पालिकालाई पूर्ण खोप सुनिश्चतता घोषणा गराउनमा सहयोगी भूमिका निर्वाह गर्नुहुने एक दर्जन बिभिन्न व्यक्तिलाई सम्मान समेत गरिएको छ ।







