कलैया । बारा जिल्लाको एक मात्र सरकारी कलैया अस्पतालको विकास समिति द्वारा संचालित एम्बुलेन्स विगत २ वर्ष देखि अस्पतालको प्राङ्गणमा थन्किएको छ । कोभिड–१९ को महामारीको बेला कलैया अस्पतालको एम्बुलेन्स जनताको सेवाका लागि खरिद गरिएता पनि एम्बुलेन्स खासै प्रयोगमा आउन सकेन ।

एम्बुलेन्समा ४ वाटा टायर , ब्याट्री र पम्प मेशीन मर्मत गर्दा पुन एम्बुलेन्स संचालनमा आउन सक्ने देखिन्छ । तर यस विषयमा कसैले चासो दिएका छैनन् । कलैया अस्पताल बिकास समिति यस विषयमा मौन रहेको छ । कलैया अस्पतालाई प्रदेश सरकारले हेर्नुपर्नेमा यो विषयमा प्रदेश २ सरकारका सामाजिक विकास मन्त्रालय पनि मौन रहेको छ । सरकार वालाको ध्यानाकर्षण होस् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर