कलैया । बाराको सिमरामा रहेको जगदम्बा स्टिल्स उद्योगलले रङ्गीन जस्तापाता र सादा जस्तापाताको उत्पादन शुरु गरेकोे छ । सात अर्ब रुपैयाँको लागतमा पूर्ण स्वाचालित गाल्भ्ल्युमलाइन प्रविधिबाट सुरुभएको जस्तापाता मजबुत, भरपर्दाे तथा टिकाउ रहेको र उत्पादन नेपालमै पहिले रहेको छ ।
सिमरामा छड उत्पादन गर्दै आएको उद्योगले आईतवारबाट जस्तापाता उत्पादन र बिक्री शुरु गरेको हो । शङ्कर समूहद्वारा सञ्चालित उद्योगले लामो समयदेखि स्टिल उद्योगको क्षेत्रमा ठूलो योगदान दिदैँ आएको छ ।