प्रीयन्का दास 

कलैया,२०८१ माघ ९

बाराको सामुदायिक बिधालयहरु सहित समग्र शैक्षिक गुणस्तर सुधार गर्न सरोकारवाला तातिएका छन । बारा सदरमुकाम कलैया स्थित जिल्ला प्रशासन कार्यालयको समन्वय र जिल्ला शिक्षा समितिको आयोजनामा जिल्ला प्रशासन कार्यालयको सभा हलमा कार्यक्रम सम्पन्न भएको छ ।

बारा जिल्लाका सामुदायीक विद्यालय हरुको गुणस्तर सुधार गर्न सरोकारवालाहरुसंग छलफल तथा  अन्तक्रिया कार्यक्रम गरिएको छ । कार्यक्रममा प्राप्त भएका कार्यान्वयन योग्य सुझावहरु जिल्ला शिक्षा समिति मार्फत स्थानीय तहसंग समेत समन्वय गरी कार्यन्वयन गरिने बाराका प्रमुख जिल्ला अधिकारि वसन्त अधिकारीले बताएका छन । प्रजिअ अधिकारीले जिल्लाको शैक्षिक अवस्थामा सुधार कसरी गर्न सकिन्छ त्यसका लागि सबैले आ आफ्नो उपयुक्त सुझाव सल्लाह दिन आवस्यक रहेको बताएका छन ।

त्यस्तै कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले जिल्लामा रहेको विधालयहरुको वर्गीकरण गरि अनुगमन गर्ने र पालिकाका शिक्षा शाखाका प्रमुखहरुसंग प्रत्येक महिनाको अन्तिममा शिक्षा अवस्था सम्बन्धि अन्तरक्रिया कार्यक्रम गर्ने बताएका छन् ।

त्यस्तै शिक्षामा सुधार गर्दै व्यवसायिक र प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने स्थानीय सरकारका प्रमुखहरुले जोड दिएका छन् । यसैगरी कार्यक्रमलाइ सम्बोधन गर्दै शिक्षा विकास तथा समन्वय इकाइ बाराका इकाइ प्रमुख हेमराज खतिवडाले सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था मूल्यांकन गर्नुपर्ने बताएका छन् ।विद्यालयहरूको समस्या पहिचान गरि समाधानका लागि सहकार्य गर्ने र स्थानीय तहको शिक्षा क्षेत्रमा प्रभावकारी बनाउन उनले आग्रह गरेका छन् । विद्यार्थीले विद्यालयमा नियमितता पढ्न जानू पर्ने र अभिभावकले आफ्नो भूमिका खेल्नु पर्ने बताए।

बिधालयको सुधार तथा शैक्षिक अवस्थामा समेत परिवर्तन गरी गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

जिल्ला शिक्षा समितिका संयोजक एवम् जिल्ला समन्वय समिति बाराका सभापति नरेन्द्र कुमार साहको अध्यक्षतामा भएको कार्यक्रममा १६ औं पालिकाका प्रमुख एवम् अध्यक्ष तथा शिक्षा शाखाका प्रमुख,नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष सुरेन्द्र पासवान,जिल्ला नेपाल शिक्षक संघ बाराका अध्यक्ष राजकिशोर सहनी,रामराजा क्याम्पसका सहायक क्याम्पस प्रमुख अमित मिश्र,सशस्त्र प्रहरी बल नम्बर १२ गणका प्रहरी उपरीक्षक सन्तोष बहादुर सिंह,राष्ट्रिय अनुसन्धान उप– निर्देशक बाराका प्रमुख दिपक खड्का, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटा,विभिन्न दलका प्रतिनिधि,शिक्षाप्रेमी,सञ्चारकर्मीहरुहरु लगायतको उपस्तिथि रहेको थियो ।

शिक्षा बिकास तथा समन्वय ईकाई बाराका सुचना अधिकारी एवम प्राबिधिक सहायक संतोष कुमार शर्माले कार्यक्रमको सन्चालन तथा सहजीकरण गरेका थिए भने स्वागत मन्तव्य जिल्ला प्रशासन कार्यालय बाराका सहायक प्रमुख जिल्ला अधिकारी छविरमण भट्टराईले राखेका थिए ।

 

 

 

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर