बिश्वास डेस्क
जैसलमेर,असोज २६
भारतको राजस्थान राज्यको जैसलमेर ज़िल्लामा स्थित एउटा रहस्य बोकेको ऐतिहासिक गाँव हो कुलधारा जहाबाट एक रातमा ७ सय घरपरिवारले आफ्नो सर्वस्व छोडेर जानुपरेको थियो । जैसलमेर शहर भन्दा करिब १८ किलोमीटर टाढा रहेको यो गाउलाई “भूतिया गाँउ” (Haunted Village) को नामले पनि चिनिन्छ । यो गाउमा रातिमा कसैलाई जान पाईदैन ।
आउनुस यसलाई यसको वास्तविकता, इतिहास र लोककथाले विस्तारमा जानौ ।
स्थान:
कुलधरा, जैसलमेर शहर भन्दा करिब १८ किलोमीटर टाढा छ । यो गाउ अहिले पर्यटन स्थलका रुपमा बिकसित भैसकेको छ । यसलाई राजस्थान सरकारले संरक्षित गरिरहेको छ ।यहाँ पुरानी हवेलि, गलि बाटो र प्राचीन कुवा देख्न सकिन्छ ।
इतिहास (वास्तविक पक्ष):
लगभग ३ सय बर्ष पहिला १९ सताब्दिको शुरुवात मा पालीवाल ब्राह्मण समुदायको बसोबास रहेको पाईन्छ ।
पालीवालहरु अत्यन्तै शिक्षित, समृद्ध र कृषिमा निपुण थिए ।पालिवालहरु खासगरि बर्सातको पानी संरक्षणमा अत्यन्तै माहिर थिए । त्यसबेला ८४ को हाराहारीमा ससाना गाउँ थिए जसमा कुलधारा प्रमुख थियो ।
गाँउ खाली किन भयो ?:
लोककथा अनुसार, जैसलमेरको तत्कालीन मन्त्री सलीम सिंहले पालिवाल समुदायको एक सुंदर ब्राह्मणकि छोरी सङ्ग बलपूर्वक विवाह गर्न चाहन्थे जसका लागी उनले धमकी दीए । तर यसको विरोधमा पालीवाल समाजले एकै रातमा कुलधारा गाउँ सहित सबै आसपासका ८४ गाउँ लाई खाली गरि गाउँ छाडेर गएका थिए । जादाजादै उनिहरुले यो गाउमा अरु कोहि बस्न नसक्ने श्राप दिएर गएका थिए । त्यसपछि आज सम्म स्थायी रुपमा कोहिपनी त्यहा बस्न सकेको छैन । जो पनि रातिमा त्यहा बस्न खोज्छ त्यो सङ्ग अजिब घटना हुने गरेको बताईन्छ ।
पुरातत्व र वैज्ञानिक दृष्टिकोण :
पुरातत्व बिभागका अनुसार गाउँ लाई खाली गर्नुको पछाडी अनाबृस्टी,पानीको कमी र व्यापारिक मार्गमा परिवर्तन अथवा नहुनु हुन सक्ने बताईन्छ । राजस्थान पर्यटन विभागले यसलाई “Heritage Site” घोषित गरेको छ ।
भूत भएको मान्यता:
स्थानीयका अनुसार त्यहा डराउने खालका आवाज,खुट्टाले हिडेको आवाज सुन्ने गरिएको बताउछन।
भारतीय पुरातत्व सर्वेक्षण (ASI) ले त्यहा कुनै पनि किसिमको उत्खनन गर्नमा रोक लगाएको छ । त्यहा रातिमा बस्न समेत पुर्ण रुपमा रोकिएको छ ।
यो लेख हामिले जैसलमेरकै स्थानिय छगन माली र विभिन्न समाजिक सन्जालको सहयोगबाट कुलधरा गाउँ बाटै तयार गरेका छौ ।







