
कलैया ।आज सोमबार साताको दोस्रो दिन नेपाली बजारमा सुनको मूल्यमा घटेको छ ।आइतबार ९२ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज सोमबार एक सय रुपैयाँले घटेर ९२ हजार ३०० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज तेजाबी सुनको मूल्य पनि प्रति तोला एक सय रुपैयाँले घटेर ९१ हजार ८०० रुपैयाँमा कारोबार भैरहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । मूल्य स्थिर रहँदै आज चाँदी प्रतितोला रु एक हजार २८५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।