विश्वास डेस्क भदौ १४
नेपाली कांग्रेसले बाढी, पहिरो तथा विपद् पीडितको राहत र उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु एक करोड जम्मा गर्ने निर्णय गरेको छ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको बैठकको निर्णय सार्वजनिक गर्दै प्रवक्ता देवराज चालिसेले सरकारलाई उद्धार कार्यमा तीव्रता दिन र परिणाममुखी खोजमा केन्द्रित हुन आग्रह गरे। आवश्यक परेमा अन्तर्राष्ट्रिय विज्ञहरूको सहयोग लिएर भए पनि सुरुङमा फसेका नागरिकको शीघ्र उद्धार हुनुपर्नेमा उनले जोड दिए।
साथै, राहत वितरणलाई प्रभावकारी बनाउन स्थानीय तहलाई जिम्मेवारी दिइनुपर्ने र व्यावसायिक तथा पर्यटकीय सिलसिलामा रसुवा र नुवाकोट पुगेर बाढीमा परेका अन्य जिल्लाका नागरिकहरूको पनि तत्काल खोजबिन र सुरक्षा सुनिश्चित गरिनुपर्ने कांग्रेसले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर