विश्वास डेस्क
कलैया, बारा । जनमत पार्टीले रसुवा र नुवाकोटका बाढीपीडित परिवारका लागि राहत सामग्री पठाएको छ। पार्टीका राष्ट्रिय अध्यक्ष डा. सी.के. राउतको निर्देशनमा पार्टीका केन्द्रीय सदस्य तथा बारा जिल्ला निवासी विकास कुमार सिंह र डा. कमरुल्लाह अन्सारीको सहयोगमा राहत सामग्री पठाइएको छ।केन्द्रीय सदस्य सिंहका अनुसार बाढीबाट प्रभावित परिवारलाई तत्काल आवश्यक खाद्यान्न उपलब्ध गराउने उद्देश्यले राहत सामग्री पठाइएको छ। उक्त
राहत सामग्रीमा ३० बोरा चामल, ४० बोरा चिउरा र ४० बोरा भुजा रहेका छन्। प्राकृतिक विपद्का कारण प्रभावित परिवारलाई सहयोग पुर्‍याउन पार्टी नेतृत्वको निर्देशनअनुसार राहत सामग्री पठाइएको सिंहले बताए। विपद्को समयमा पीडित नागरिकलाई राहत र सहयोग उपलब्ध गराउनु सबैको साझा र सामाजिक दायित्व हो भन्दै उनले आगामी दिनमा पनि आवश्यकताअनुसार थप सहयोगका लागि समेत पहल गरिने बताए। राहत सामग्री पठाउने कार्यमा सहयोग गर्ने डा. सी.के. राउत, विकास कुमार सिंह र डा. कमरुल्लाह अन्सारीप्रति स्थानीयस्तरबाट धन्यवाद व्यक्त गरिएको जनाइएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर