


बारा, भदौ १६ । नेपाली काङ्ग्रेस बाराले बाढीपीडितको राहत तथा उद्धारका लागि सहयोग रकम बढाएर २ लाख १ हजार रुपैयाँ पुर्याएको छ।
यसअघि १ लाख ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको काङ्ग्रेस बाराले आज उक्त रकम वृद्धि गरी २ लाख १ हजार पुर्याएको हो । पार्टीको केन्द्रीय विपद् व्यवस्थापन कोषमा सङ्कलन गरिएको यो रकम एकमुष्ट रूपमा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा चेकमार्फत जम्मा गर्ने योजना रहेको काङ्ग्रेस बाराले जनाएको छ।
नेपाली काङ्ग्रेस बाराका कार्यवाहक अध्यक्ष मनोज भट्ट र सचिव राजेश रौनियारका अनुसार बाढीपीडितको आवश्यकतालाई ध्यानमा राख्दै आगामी दिनमा थप रकम सङ्कलन गरेर पठाइनेछ।







