
विश्वास डेस्क
काठमाडौँ। नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ एकैदिन तोलामा ८ हजार ८०० रुपैयाँले घटेर २ लाख ९७ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ।
गएको मंगलबारदेखि लगातार घट्दो क्रममा रहेको सुनको मूल्य हिजो भने तोलामा १०० रुपैयाँले सामान्य बढेको थियो।
सुनसँगै आज चाँदीको भाउ पनि घटेको छ। हिजो तोलामा ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज १८५ रुपैयाँले घटेर ४ हजार ५८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
ताजा समाचार
© 2026, All right reserved to Bishwas FM 93.6 MHz
Design By : Newlife Ranjit Yadav / 9814232702







