बिश्वास डेस्क
कलैया,भदौ १९
रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका बाढी प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने उद्देश्यले बाराको कलैयास्थित सेवा दिदै आएको निःशुल्क कपडा बैंकले विभिन्न सामग्री संकलन तथा सहयोग गरेको छ।
ग्रामीण उत्थान अभियान, कलैयाद्वारा सञ्चालित निःशुल्क कपडा बैंकले बाढी प्रभावितका लागि बिभिन्न सामग्री उपलब्ध गराएको जनाएको छ।
अभियानअन्तर्गत गाउन, अम्ब्रेला, गाउन/टप, बालबालिकाका लहंगा तथा फ्रक, जिन्स भेस्ट, जिन्स–सर्ट, अन्तर्वस्त्र, सेनिटरी प्याड, युवाहरूका लागि जिन्स, सर्ट, भेस्ट तथा हाफ पाइन्ट, चप्पल र जुत्तालगायत सामग्री संकलन गरिएको छ।
उपलब्ध विवरणअनुसार बालबालिकाका लागि ६१ थान गाउन/अम्ब्रेला, ६५ थान गाउन/टप, ८२ थान लहंगा–फ्रक, ७० थान जिन्स भेस्ट, ४५ थान जिन्स–सर्ट, २४० थान अन्तर्वस्त्र र १२० थान सेनिटरी प्याड संकलन गरिएको संस्थाका सन्स्थापक अध्यक्ष मोकदम अन्सारिले जनाएका छन । यस्तै युवाहरूका लागि १०७ थान जिन्स, सर्ट, भेस्ट तथा हाफ पाइन्ट, २८४ जोर चप्पल र १२३ जोर जुत्ता उपलब्ध गराइएको विवरणमा उल्लेख छ।
अभियानमा विभिन्न व्यवसायी तथा सामाजिक संस्थाले सहयोग गरेका छन्। सहयोगीहरूमा समसाद स्टोर्स,चाईना बजार,राजा सु सेन्टर,मासुम सु सेन्टर,आशिफ सु सेन्टर, पन्नालाल सु सेन्टर, अक्सा कलेक्सन, आर.एस. रेडिमेड हाउस, नूर फेन्सी, अरिसफा कलेक्सन, सोना फेसन,पोषाक ईम्पोरियम,श्याम बस्त्रालय, प्रमोद इन्टरप्राइजेज, युथ क्लब लगायत रहेका छन्।
निःशुल्क कपडा बैंकले यसअघि पनि आर्थिक रूपमा विपन्न तथा असहाय परिवारलाई निःशुल्क कपडा उपलब्ध गराउँदै आएको बैंक का संरक्षक साजिर मन्सूरले जानकारी गराएका छन। कलैयामा स्थापना गरिएको कपडा बैंकले ‘हुनेले दिएर जानुहोस्, नहुनेले लिएर जानुहोस्’ भन्ने भावनाका साथ मानवीय सेवाको अभियान सञ्चालन गर्दै आएको छ।
ती सम्पुर्ण सामग्रीहरु कलैया उपमहानगरपालिकाको सहयोगमा उपलब्ध गराईएको ट्रकबाट प्रभावित स्थानमा पठाउन लागिएको हो ।
ती समानहरु लिएर रास्ट्रिय युवा संघ नेपाल बाराका पदाधिकारीहरु प्रभावित स्थानमा पुगेर बितरण गर्ने बताईएको छ । युवा संघ नेपालले समेत विभिन्न राहत सामग्री संकलन गरेको र ती सबै लाई एकै ट्रकमा राखेर आफुहरु त्यहा जान लागेको जिल्ला अध्यक्ष सदाम अन्सारीले जानकारी गराएका छन । राहत सामग्री लिएर अध्यक्ष अन्सारी सङ्गै केन्द्रिय सचिवालय सदस्य, मधेश प्रदेश सह इन्चार्ज राम यादव,जिल्ला उपाध्यक्ष समिता शर्मा,नेशनल भोलेनटीयार्स फोर्स केन्द्रिय सदस्य मोहन लामिछाने रास्ट्रिय युवा संघ नेपाल पुर्व उपा – अध्यक्ष हरिओम साह, कलैया नगर अध्यक्ष, रास्ट्रिय युवा संघ नेपालका जाबेद अन्सारी,पुर्व नगर सचिव रास्ट्रिय युवा संघ नेपालका जितेन्द्र साह र जिल्ला सचिवालय सदस्य राजु यादव बाढी प्रभावित स्थानमा जादैछन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर