विश्वास डेस्क
भदौ २०।बाढीका कारण क्षतिग्रस्त माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनाको सुरुङ र हेडवर्क्स क्षेत्रबाट ६ जनाको शव फेला परेको छ। कुकुर तथा आधुनिक उपकरणको प्रयोग गरी गरिएको खोजीका क्रममा सल्लेटारमा फेला परेका शवहरूलाई नेपाली सेनाले बट्टार पुर्‍याएको छ। बाढीअघि १,४३३ जना कार्यरत सो आयोजनामा हालसम्म ८७६ जनाको उद्धार भएको छ भने अझै ५५१ जना सम्पर्कविहीन छन्।
यसैगरी, रसुवागढी आयोजना स्थलमा खराब मौसम र नदीको बढ्दो बहावका कारण धुन्चे पुर्‍याइएका मेसिनरी उपकरणहरू विद्युतगृहसम्म लैजान नसक्दा उद्धार कार्य अघि बढ्न सकेको छैन। उता माथिल्लो त्रिशूली थ्री ‘बी’ बाट १९१ जना अझै बेपत्ता छन् भने माथिल्लो त्रिशूली थ्री ‘ए’ को विद्युतगृहमा फसेका २ जनाको २१६ घण्टापछि सकुशल उद्धार गरिएको छ। लाङटाङ खोला आयोजनाका ३९ जना, चिलिमेका ६ जना, मैलुङखोलाका ७ जना र रसुवा भोटेकोशीका ४ जना अझै सम्पर्कविहीन रहेको इप्पानले जनाएको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर