
विश्वास डेस्क
भदौ २०बारा । नेकपा एमाले निकट नेशनल भोलिन्टिएर फोर्स र राष्ट्रिय युवा संघ नेपालको संयुक्त आयोजनामा रसुवाका बाढीपीडितका लागि राहत सामग्री संकलन गरी टोली रसुवातर्फ प्रस्थान गरेको छ।
राष्ट्रिय युवा संघ नेपाल बारा जिल्ला अध्यक्ष सद्दाम अन्सारीका अनुसार, बाढीपीडितलाई सहयोग गर्ने उद्देश्यले आवश्यक राहत सामग्री संकलन गरी टोली प्रभावित क्षेत्रतर्फ पठाइएको हो।
राहत टोलीलाई नेकपा एमाले बारा जिल्ला अध्यक्ष अध्यानन्द पाण्डे, पार्टी प्रदेश कमिटी तथा मधेश प्रदेशका माननीय रबिन्द्र दास श्रेष्ठ र पार्टी उपसचिव जवाहिर अंसारीले बिदाइ गरेका हुन्।
राहत संकलन तथा अभियानमा मोहन लामिछाने, राम यादव, हरिओम साह, सुजित गिरी, जय किशुन यादव, समिता शर्मा, माया स्याङ्बो र जितेन्द्र साहलगायत सहभागी छन्। टोलीले रसुवा पुगेर बाढी प्रभावित परिवारलाई राहत सामग्री वितरण गर्ने जनाएको छ।







