२० भदौ, बारा । पूर्वपश्चिम राजमार्ग अन्तर्गत दुधौरा–पिलुवा सडकको बैजुरा पुलमा शनिबार दिउँसो टिपरको ठक्करबाट मोटरसाइकल चालक शिक्षक देवबहादुर चौरेलको मृत्यु भएको छ ।

जीतपुरसिमरा उपमहानगरपालिका–१६ पिलुवा निवासी ५२ वर्षीय चौरेल कलैया उपमहानगरपालिका–२४ मनहर्वास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा कार्यरत थिए ।

पिलुवाबाट पथलैयातर्फ जाँदै गरेको प्र.२–०३–०२२प ९६४५ नम्बरको मोटरसाइकललाई निजगढतर्फ जाँदै गरेको ना १अ यु १३४ नम्बरको टिपरले ठक्कर दिएको थियो ।

ठक्करबाट गम्भीर घाइते चौरेललाई उपचारका लागि वीरगन्जस्थित बयोधा अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका हुन् । प्रहरीले टिपर र चालकलाई नियन्त्रणमा लिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर