२० भदौ, वीरगञ्ज । मौखिक स्वास्थ्य सेवा तथा सामुदायिक नेतृत्व क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएको भन्दै डा. आमिर आलमलाई ‘International Excellence Award 2026’ बाट सम्मानित गरिएको छ ।
काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा शनिबार आयोजित Nepal & International Summit कार्यक्रममा डा. आलमलाई ‘Excellence in Oral Healthcare and Community Leadership’ विधामा ‘Certificate of Excellence’ सहित सम्मान गरिएको हो ।
BDS तथा MA (Political Science) अध्ययन गरेका डा. आलमले स्वास्थ्य सेवासँगै समुदायमा पुर्याएको योगदान, सामाजिक सक्रियता तथा नेतृत्व भूमिकाको कदरस्वरूप उक्त सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
सम्मानपछि डा. आलमले पुरस्कारलाई व्यक्तिगत उपलब्धिभन्दा पनि स्वास्थ्य सेवा र समाजप्रतिको जिम्मेवारी अझ बढेको संकेतका रूपमा लिएको बताए। उनले आगामी दिनमा मौखिक स्वास्थ्य सेवा तथा सामाजिक क्षेत्रमा थप प्रभावकारी रूपमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
“यो सम्मानले समाज र स्वास्थ्य क्षेत्रमा अझ जिम्मेवार भएर काम गर्ने प्रेरणा दिएको छ,” डा. आलमले बताए ।








