
कलैया ।अबैध रुपमा नेपालबाट भारततर्फ लादै गरेको स्याउ पर्सा प्रहरीले बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ भुटनदेवी स्थित सडक खण्डमा १०/१५ जना नामथर वतन यकिन नभएका मानिसहरुले टाउँकोमा बोकी अवैध रुपमा भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजादै गरेको ५९ कार्टुन स्याउ प्रहरी ले बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय नगवाबाट खटिएको प्रहरी टोलीलाई देख्नसाथ स्याउ छाडी फरार भएकोमा ५९ कार्टुन स्याउ वेवारिसे अवस्थामा फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनाल ले बताउनु भयो ।
बरामद गरिएका स्याउ को मुल्य २८ हजार २ सय ५० रुपैयाँ मुल्याङ्कन गरी आवश्यक कारवाहीको लागि बिहिवार वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको प्रब्क्ता खनाल ले बताउनु भयो ।