बिरेन्द्र साह ,बिरगंज । वीरगन्ज स्थित नारायणी उप-क्षेत्रीय अस्पतालका चिकित्सकहरुले दुई घन्टा मात्र सेवा दिएर बाकी समय आआफ्नो क्लिनिकमा समय दिइरहेको भन्दै बिरामिहरुले गुनासो गरेका छन ।

पिडित बिरामीहरूले आफ्नो खुट्टा र छातीको चेकजाँच समेत एक्सरे गराउनमा ३ दिन बिति सक्यो तर अहिले सम्म हामीहरूको राम्रो संग चेकजाँच नभएको गुनासो गरेका छन् । शुक्रबार बिहान गएर पुर्जी कटाएर १० बजेर ३० मिनेटमा चिकित्सक संग चेकजाँच गराउँदा चिकित्सक ले भिडियो एक्सरे समेत उपचारै नभएकाे ठाउमा औषधि लेखेर उपचार भएपछि यो औषधि खानु भन्ने कुरा एक्सरेमा पठाएको बिरामीले जानकारी गराएका छन्।

सोही दिन बिरामीहरूको एक्सरे नभएकाे कारणले फेरि आज आइतबार बिहान एक्सरे मा पुगेका थिए। एक्सरे गराएर १२ बजेको करिबमा चिकित्सक को कोठामा जादा कोइ नभेटेपछी उनिहरु निराश भएर फर्केका छन । बिरामीहरुले सेकुरिटी गाड संग सोध्दा सेकुरिटीले भने चिकित्सकहरू आआफ्नो निजी क्लिनिकमा गइसकेका छन् ।

अब भोली आउनुहोला भनेर बताएपछी बिरामिहरु अहिलेको जनप्रतिनिधि तथा अस्पताल प्रशासन संग पनि रुष्ट भएका छन । यसरी सम्बन्धित निकायले कडाईका साथ आवस्यक कदम नचाल्दा मध्य तराई को एक मात्र गरिबहरुको आस्थाको केन्द्र नारायणी उप क्षेत्रीय अस्पताल बाट पनि आम जनताको बिश्वास उठन थालेको देखिएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर