युनिक यादव ,कलैया । बारा जिल्ला को क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य माननीय रामबाबु कुमार यादव को संसदिय विकास कोषको रकमबाट निर्मित विद्यालय भवनको निर्माण सम्पन्न भएको छ ।

शनिवार कलैया उपमहानगरपालिका वडा नम्बर २६ शिस्वामहेसपुरस्थित श्री नेपाल राष्ट्रिय माद्यामिक विद्यालयको २ तले भवनको निर्माण सम्पन्न भएपछी उनले निरीक्षण गर्नु भएको थियो ।

नव निर्मित दुई तल्ले बिधालय भवनको निरीक्षण पछी बोल्दै सांसद यादव ले गुणस्तरीय शिक्षा नै आजको आवश्यक्ता भएको भन्दै शिक्षाको विकास बिना अन्य क्षेत्रको विकासको परिकल्पना गर्न नसकिने बताउनु भयो । उनले अनुकुल वातावरण भए मात्रै विद्यार्थीहरुलाई अध्ययनमा मन लाग्ने हुँदा भवनसँगै अन्य भौतिक पूर्वाधारको पनि विकास गर्दै जाने प्राथमिकता रहेको बताउनु भयो ।

उक्त विद्यालयमा हाल पशु प्राविधिक शिक्षा समेत सञ्चालित रहेको छ । आगामी दिनमा अन्य प्राविधिक शिक्षाका विषयहरु पनि सञ्चालन गर्ने लक्ष्य रहेको सांसद यादवले बताउनु भयो ।

शनिवारनै यादवको अध्यक्षतामा बसेको विद्यालय व्यवस्थापन समितिको बैठक बसेको थियो । उक्त बैठकमा विभिन्न विषय मा छलफल भएको थियो । बैठकमा नर्सिङ्ग, अहेब लगायतका अन्य प्राविधिक शिक्षा सञ्चालन गर्ने सम्बन्धमा छलफल भएको सांसद यादवका स्वकीय सचिव कमलेश मण्डल ले हटलाईन राष्ट्रिय दैनिक लाई बताउनु भयो ।

उक्त बैठकमा विद्यालयका प्रधानाध्यापक राधेकृष्ण  यादव, जनता समाजवादी पार्टी (जसपा) का नेता एवम् सांसद यादवका स्वकिय सचिव कमलेश मण्डल, स्थानीय नेतागण सहित जनप्रतिनीधि लगायन को सहभागीता रहेको थियो । बिधालय भवन को उद्घाटन चाडै हुने सांसद यादव ले बताउनु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर