कलैया । वीरगञ्जमा ६ किलो भन्दा बढीको चाँदीका गहनासहित बारा का एक जना पक्राउ परेका छन् । पक्राउ पर्ने मा बाराको प्रसौनी गाउँपालिका वडा नम्बर ६ का नागेन्द्र साह सोनार रहेका छन् ।

भारतबाट अवैधरूपमा चाँदीका गरगहनाहरु ल्याउँदै गरेको सूचना प्राप्त भई प्रहरी चौकी ईनर्वाबाट खटिएको टोलिले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरीक्षक ओम प्रकाश खनालले बताउनु भयो । रक्सौलबाट पैदलै आइरहेका सोनारलाई शंकराचार्य गेटमा खटिएका प्रहरीले शंका लागेर चेक गर्दा उनको साथबाट ६ किलो १६८ ग्राम चाँदी जस्तो देखिने धातुबाट बनेको तयारी गरगहना बरामद भएको प्रब्क्ता खनाल ले बताउनु भयो ।

पक्राउ परेका सोनार लाई थप कारवाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर