कलैया । श्रावण शुल्क पूर्णिमाको दिन प्रत्येक वर्ष रक्षा बन्धन मनाइँने गरिन्छ ।

आज पनि बारा, पर्सा अगायत पहाडी जिल्ला साथै भारतमा ठूँलो पर्वको रुपमा रक्षा बन्धनमा राखी लागाई मनाइँदै छ । प्रेम, पारिवारिक मिलन, अटुट सम्बन्ध गास्ने पर्वमा दिदीबहिनीले आफ्नो दाजुभाईको स्वास्थ्य, दीर्घायु, प्रगतिको कामना गर्दै नाडीमा राखी बाध्ने छन् । दिदीबहिनी तथा दाजुभाईले गक्ष अनुसारको उपहार दिने चलन छ ।

कलैया बजार लगायतका क्षेत्रमा शनिवार बजार गर्ने र राखी किन्नेको घुइँचो थियो । कलैया बजार घण्टाघर छेउँ राखी र मिठाई बेच्न स्टलहरु राखिएको थियो । सामान्यता राखी दश रुपैयाँ देखि पाचँसयसम्मको रहेको एक राखी स्टलका व्यापारीले बताएका छन् । दिदीबहिनी आफ्नो रोजाई अनुसार राखी किन्ने गरको बताउछन् ।

आजको दिन बालबालिकाहरुले पनि निकै रमाइलो मान्छन् । बालबालिकाहरुको रोजाई ठूलो, चहकिलो राखी हुने गरेको स्टल सञ्चालक बताउछन् । हाट बजारमा पनि शनिवार उत्तिकै चहलपहल भएको स्थानीय सुमित गुप्ता बताउछन् ।
राखीको लागि दाजुभाई तथा दिदीबहिनीहरु टाढा–टाढाबाट पायक पर्ने पारिवारिक सदस्यकोमा आउने गरेका छन् । आज क्वाँटी खाने दिन पनि हो ।

काँधमा जनै र हातमा डोरो बाध्नुका साथै घर–घरमा एघार थरीका गेडागुडी मिसाई भिजाएर टुसा उमारेर बनाइएको क्वाँटी खाने चलन छ । मास, भटमास, मस्याम, हरियो र सेतो केराउ, सानो केराउ, कालो चना, सेतो चना र सिमी, बोडी, बकुल्ला, मुंग लगायतका गेडागुडीको मिश्रणबाट बनेको क्वाँटी खाँदा शरीरमा रोग नलाग्ने, पेट सफा हुने र वर्षायाम भर खेतीपातीको काम गर्दा शरीरमा लागेको चिसो निकाली भित्रदेखि नै तापको सञ्चार गर्छ भन्ने धार्मिक एवं आयुर्वेद शास्त्रीय मान्यता छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर