वीरगञ्ज । वीरगञ्जबाट साढे ४ लाखभन्दा बढी मूल्य बराबरको भन्सार छलिका सामाग्री पर्सा प्रहरीले बरामद गरेको छ ।
सूचना परिचालन तथा प्रहरी कारवाहीको सिलसिलामा वीरगञ्ज महानगरपालिकाको इनर्वा गाउँ, नगवा र छपकैयाबाट अवैध रुपमा भन्सार छली ल्याउँदै गरेको अवस्थामा प्रहरीले ४ लाख ६७ हजार ६ सय ५० रुपैयाँ बराबरको सामाग्री नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनु भयो ।
खनालका अनुसार बरामद गरिएको लत्ता कपडा तथा हार्डवेयरका पार्टसहरु आवश्यक कारवाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।