कलैया । विगत केहि दिनदेखि परेको अविरल वर्षाको कारण बारा जिल्ला को जनजिवत प्रभावित भएको छ ।

जिल्ला को बाङ्गरि , दुधौरा , पसाहा , खौराई , जमुनी , बालगङ्गा , लालबकैया सहित अधिकांश खोला तथा नदीहरूमा पानीको बहाव बढेपछि कतै डुबान भएको छ भने कतै कटानले क्षति भएको छ । विगत केही दिन देखि झरी र लगातार वर्षा भएपछि निजगढ वडा नं ७ ,८ र ९ मा घरहरु डुबानमा पर्ने गरेका छन् । पानीको उचित निकाश नहुदा सो समस्या पर्ने गरेको स्थानीयले बताएका छन् ।

मौसम विभाग ले अझ केहि दिन पानी पर्ने पुर्वनुमान गरे पछी भोलीको दिनमा पनि नआउला भन्न सकिन्न तर पनि निजगढ नगरपालीकाबाट पानीको निकास नहुदा निजगढ नगरपालिका का विभिन्न वडा का का स्थानिय त्रासित हुने गरेका छन । कलैया उपमहानगरपालिका वडा नम्बर १० स्थित मटिअर्वा प्रहरी चौकी पनि डुबानमा परेको छ । पानीको निकास नभएपछि जलमग्न भएका पालिकाको बस्ति डुवानमा परेको स्थानीय ले बताएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर