कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर १४ मा रहेको भौरा टोलको श्री नेपाल राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा कम्प्युटर ल्याबको उद्घाटन गरिएको छ ।
ग्रामीण क्षेत्र मानिने भौरा टोलमा आइतवार एक कार्यक्रमकाबीच कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवले उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले अहिलेको युग सूचना प्रविधिको भएको र कम्प्युटरको प्रयोगले शिक्षा स्मार्ट, सरल, सहज हुने बताउनुभयो । उहाँले सबैको पहुँचमा प्रविधिमय शिक्षा होस् भन्ने उद्देशका साथ कम्प्युटर ल्याबको उद्घाटन गरिएका बताउनुभयो ।

विद्यालयको कम्प्युटर ल्याबमा ६ वटा कम्प्युटर, एक ल्यापटप र एक प्रिन्टर रहेको छ । थप कम्प्युटर संचालनमा ल्याउने नगर प्रमुख यादवले बताउनुभयो ।

उद्घाटन कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष औलिक महम्मद मिया, शिक्षा शाखाका अधिकृत बिजय अधिकारी, कलैया उपमहानगरपालिका वडा न १७ का वडा अध्यक्ष प्रत्यासी दिपेन्द्र कुशवाहा, वडा न १४ का वडा अध्यक्षका प्रत्यासी हरिप्रवेश यादव सहित विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीयको उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर