रौतहट । रौतहटमा लागु औषध नाईट्रोभेट टयबलेट सहित १ जना पक्राउ परेका छन् । पक्राउ पर्ने मा गौर नगरपालिका वडा नं. ४ टिकुलिया बस्ने बर्ष १९ का सन्तोष ठाकुर रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी चेकिङ टोलीले जिल्ला रौतहट यमुनामाई गाँउपालिका वडा नं. ५ बमनहरमा पैदल यात्रु तथा सवारी साधनहरुलाई रोकी चेकजाँच गर्ने क्रममा गौरबाट काठमाण्डौ तर्फ गईरहेको ना ७ ख १९४१ नं.को यात्रुबाहक रात्री बसलाई रोकी चेकजाँच गर्दा उनलाई प्रहरी ले पक्राउ गरेको हो ।

उनले लगाएको पाईन्टको खल्तीबाट ७ वटा पत्तामा रहेको १०२ पिस नाईट्रोभेट ट्याबलेट र १० पिस डाईजापाम एम्पुल प्रहरी ले फेला परेको हो ।

लागु औषध सहित उनलाई नियन्त्रणमा लिई जिल्ला अदालत रौतहट बाट म्याद अनुमती लिई थप अनुसन्धान कार्य भईरहेको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर