कलैया । निजामति सेवा दिवसको अवसरमा कलैया उपमहानगरपालिकाका कर्मचारीहरुले मंगलवार वृक्षारोपण गरेका छन् । उपमहानगरपालिकाको निमित्त प्रमुख प्रशासकिय अधिकृत प्रहलाद प्रसाद बर्णवालको नेतृत्वमा वृक्षारोपण गरिएको कलैया उपमहानगरपालिकाका सूचना प्रविधि अधिकृत सुरेश यादवले बताउनुभयो ।

वृक्षारोपण कार्यक्रमको अवसरमा बर्णवालले आजकाल वायु प्रदूषण वृद्धि भएको हुनाले सबैले वृक्षारोपण गर्नुपर्नेमा जोड दिनुभयो । कम्तिमा एक मानिस बराबर ५ रुख बिरुवा सवैले रोप्यौ भने प्रदूषणले भरिएको हावामा श्वास लिनु नपर्ने बर्णवालले बताउनुभयो ।

कलैया उपमहानगरपालिकास्थित दुर्गा नमुना मा.वि बरेवा, ने.रा मा.वि रामपुर, श्री ३ चन्द्र मा.वि कलैया लगायतका विद्यालयहरुमा वृक्षारोपण गरिएको वातावरण शाखाका प्रमुख रामजी मण्डलले जानकारी दिनुभयो । सो अवसरमा विभिन्न जातिका बिरुवाहरु लगाईएको लेखा प्रमुख दिब्या सरार्फले बताउनुभयो ।

वृक्षारोपण कार्यक्रममा कलैया उपमहानगरपालिकाका शिक्षा शाखाका बिजय अधिकारी, पशु शाखा प्रमुख महबुब अन्सारी, महिला तथा बालबालिका शाखाका प्रमुख रेखा चौधरी, दुर्गा मा.वि का सञ्चालक समिति अध्यक्ष औधेष प्रसाद यादव, तपसी प्रसाद चौरसिया, नजबुल्लाह अन्सारी, ईनल दास, सुरेश धमला, बिनय गुप्ता, लगायतका कर्मचारी तथा विद्यालयका शिक्षकहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर